भजनसंग्रह 98:1-3

भजनसंग्रह 98:1-3 NNRV

परमप्रभुको निम्‍ति एउटा नयाँ भजन गाओ, किनकि उहाँले अचम्‍मका कामहरू गर्नुभएको छ, उहाँको दाहिने बाहुली र उहाँको पवित्र पाखुराले उहाँको निम्‍ति उद्धारको काम गरेका छन्‌। परमप्रभुले गर्नुभएको उद्धार स्‍वयम्‌ उहाँले प्रकट गर्नुभएको छ, र उहाँले आफ्‍नो धार्मिकता जाति-जातिहरूमा प्रकट गर्नुभएको छ। इस्राएलका घरानामाथि गर्नुभएको आफ्‍नो करुणा र आफ्‍नो विश्‍वसनीयता परमप्रभुले सम्‍झनुभएको छ। हाम्रा परमेश्‍वरको उद्धार पृथ्‍वीको हरेक कुनाले देखेको छ।