भजनसंग्रह 97:7-12

भजनसंग्रह 97:7-12 सरल नेपाली

मूर्ति पुज्‍ने हरेक व्‍यक्ति लाजमापर्नेछ, परमप्रभुको अघि सबै देवताहरूले दण्‍डवत् गर्दछन्। हे परमप्रभु, तपाईंको निसाफले गर्दा सियोनका बासिन्‍दाहरू हर्षित छन् र यहूदाका सहरहरूले रमाहट गर्दछन्। हे सर्वशक्तिमान्‌ परमप्रभु, तपाईं सारा पृथ्‍वीका शासक हुनुहुन्‍छ, तपाईं सबै देवी-देवताहरूभन्दा अति महान् हुनुहुन्‍छ। खराबीलाई घृणा गर्नेहरूलाई परमप्रभुले प्रेम गर्नुहुन्‍छ, उहाँले आफ्‍ना प्रजाका जीवनको रक्षा गर्नुहुन्‍छ, उहाँले तिनीहरूलाई दुष्‍टहरूको शक्तिदेखि बचाउनुहुन्‍छ। धर्मीहरूमाथि ज्‍योति र असल मानिसहरूमाथि आनन्‍द चम्‍कन्‍छन्। परमप्रभुले जे काम गर्नुभएको छ, त्‍यसका कारणले तिमीहरू जो धर्मी छौ, आनन्‍द गर। पवित्र परमेश्‍वरले जे गर्नुभएको छ, याद गर र उहाँलाई धन्‍यवाद चढाओ।

भजनसंग्रह 97 पढ्नुहोस्