भजनसंग्रह 78:2-6

भजनसंग्रह 78:2-6 सरल नेपाली

म बुद्धिका कुराहरू भनेर बितेका रहस्‍यहरूका भेद खोलिदिनेछु। हामीले सुनेका र जानेका कुराहरू हाम्रा पुर्खाहरूले भनेका कुराहरू बुझाउनेछु। ती कुराहरू हामी आफ्‍ना छोरा-छोरीहरूबाट लुकाउनेछैनौं, आउँदा पिँढीलाई ती कुरा भन्‍नेछौं। परमप्रभुका शक्ति र महान् कार्यहरू, उहाँका उदेकका कामबारे भन्‍नेछौं। उहाँले इस्राएलीहरूलाई व्‍यवस्‍था दिनुभयो र याकूबका सन्‍तानलाई व्‍यवस्‍था-विधि दिनुभयो। आफ्‍ना छोरा-छोरीहरूलाई उहाँका नियमहरू सिकाउन उहाँले हाम्रा पिता-पुर्खालाई शिक्षा दिनुभयो। त्‍यसरी आउँदो पुस्‍ताले तिनका बारेमा सिक्‍न सकून् र आफ्‍ना सन्‍तानलाई पनि ती सिकाउन सकून्!

भजनसंग्रह 78 पढ्नुहोस्