भजनसंग्रह 37:1-6

भजनसंग्रह 37:1-6 सरल नेपाली

दुष्‍ट मानिसका कारणले चिन्‍तित नहोओ, दुष्‍कर्म गर्नेहरूसँग डाहा नगर। तिनीहरू सुकिजाने घाँसजस्‍तै हराउनेछन्; तिनीहरू ओइली जाने झारपातझैँ मर्नेछन्। परमप्रभुमा भरोसा गर र भलाइ गर। देशमा कुशलसँग बास गर। परमप्रभुमा आफ्‍नो आनन्‍द खोज र उहाँले तिमीलाई तिम्रो मनले चाहेको कुरा दिनुहुनेछ। आफैंलाई परमप्रभुकहाँ सुम्‍पिदेऊ, उहाँमा भरोसा राख; उहाँले तिमीलाई सहायता गर्नुहुनेछ। उहाँले मध्‍यदिनको घामजस्‍तै तिम्रा धार्मिकतालाई चम्‍काउनुहुनेछ।

भजनसंग्रह 37 पढ्नुहोस्