भजनसंग्रह 18:5-7
भजनसंग्रह 18:5-7 सरल नेपाली
मृत्युको खतरा मेरो चारैपट्टि थियो, चिहानले मलाई पर्खिराखेको थियो। विपत्तिमा मैले परमप्रभुलाई पुकारें, मैले मेरा परमेश्वरलाई सहायताको निम्ति बोलाएँ। आफ्नो मन्दिरमा उहाँले मेरो सोर सुन्नुभयो, मेरो सहायताको पुकार उहाँले सुन्नुभयो। त्यस बेला पृथ्वी काँप्यो र थर्कियो, पहाडका जगहरू हल्लिए र थरथर कामे किनभने परमेश्वर रिसाउनुभएको थियो।

