भजनसंग्रह 18:5-7

भजनसंग्रह 18:5-7 NNRV

पातालका डोरीहरूले मलाई बेह्रे, मृत्‍युको पासोले मेरो सामना गर्‍यो। मेरो आपत्‌मा मैले परमप्रभुलाई पुकार गरें, र मदतको निम्‍ति मेरा परमेश्‍वरलाई हपारें। आफ्‍नो मन्‍दिरबाट उहाँले मेरो सोर सुन्‍नुभयो, मेरो पुकार उहाँको सामु, उहाँका कानमा पुग्‍यो। पृथ्‍वीमा कम्‍पन भयो, अनि भूकम्‍प गयो, पहाड़हरूका जगहरू हल्‍लिए। तिनीहरू थरथर कामे, किनभने उहाँ रिसाउनुभएको थियो।