म परमप्रभुको प्रशंसा गर्छु किनभने उहाँले मेरो अगुवाइ गर्नुहुन्छ र राती मेरो विवेकले मलाई सावधान गराउँदछ। सदा परमप्रभु उपस्थित हुनुभएको म थाहा पाउँदछु, उहाँ नजिक हुनुहुन्छ, कुनै कुराले मलाई हल्लाउन सक्दैन। यसैले म आनन्दित र धन्यवादी छु, मैले आफैंलाई पूरा सुरक्षित पाउँछु किनभने तपाईंले मलाई मृत्युको शक्तिबाट रक्षा गर्नुहुन्छ। तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछैन। तपाईंले मलाई जीवनमा पुर्याउने बाटो देखाउनुहुन्छ, तपाईंको उपस्थितिले मलाई आनन्दले भरिदिनुहुन्छ र मलाई सदासर्वदाको लागि सुख-चैन हुन्छ।
भजनसंग्रह 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 16:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू