हितोपदेश 4:10-19

हितोपदेश 4:10-19 सरल नेपाली

ए मेरो छोरो, मेरो कुरा सुन्। मैले भनेका कुरामा ध्‍यान दे र तेरो लामो आयु हुनेछ। मैले तँलाई बुद्धिको बाटो देखाएको छु र सोझो बाटोमा हिँडाएको छु। तँ बुद्धिसित हिँडिस् भने तँलाई केही कुराले बाधा दिनेछैन र तँ दगुरिस् भने पनि लड्‍नेछैनस्। तैँले जे सिकेको छस्, त्‍यो सदा याद राख्, तैँले पाएको शिक्षा तेरो जीवन हो, त्‍यसलाई राम्ररी जोगाएर राख्। दुष्‍ट मानिसहरू गएको बाटो नपछ्या, दुष्‍टहरूको चालको नक्‍कल नगर्‌। त्‍यसो नगर्‌! दुष्‍ट्याइँदेखि टाढा बस्! त्‍यसबाट तर्केर आफ्‍नै बाटोमा हिँड्। दुष्‍टहरू केही खराबी नगरेसम्‍म निदाउन सक्‍दैनन्। कसैको हानि नगरेसम्‍म तिनीहरू सुत्‍न सक्‍दैनन्। दुष्‍ट्याइँ र हिँसा तिनीहरूका निम्‍ति खाने र पिउने कुरा हुन्। धर्मी हिँडेको बाटो घाम झुल्‍केजस्‍तो हो, त्‍यो पूरा उज्‍यालो नभएसम्‍म झन्-झन् चहकिलो हुँदैजाँदछ। दुष्‍ट हिँडेको बाटो रातको अँध्‍यारोजस्‍तै हो, तिनीहरू लड्छन् तर केमा ठोकिएर लड्दै छन्, सो देख्‍दैनन्।

हितोपदेश 4 पढ्नुहोस्