हितोपदेश 4:10-19

हितोपदेश 4:10-19 NNRV

सुन्, हे मेरो छोरा, मैले भनेका कुरा ग्रहण गर्, र तेरो जीवन दीर्घायु हुनेछ। म तँलाई बुद्धिको बाटो सिकाउँछु र सोझो बाटोमा डोर्‍याउँछु। तँ हिँड्‌दा, तेरा पाइलाहरू अड्‌किनेछैनन्, तँ दगुर्दा लरबरिनेछैनस्‌। अर्तीलाई समातिराख्, त्‍यसलाई उम्‍कन नदे, त्‍यसलाई राम्ररी पालन गर्, किनभने त्‍यो तेरो जीवन हो। दुष्‍टको मार्गमा खुट्टा नहाल्‌ अथवा दुष्‍ट मानिसको चालमा नहिँड्‌। त्‍यसलाई त्‍यागिदे, त्‍यसमाथि तेरो पाइला नराख्, त्‍यसबाट तर्केर आफ्‍नै बाटो लाग्‌। किनभने दुष्‍टहरू खराब काम नगरुञ्‍जेल सुत्‍न सक्‍दैनन्, कसैको पतन नगरुञ्‍जेल तिनीहरूलाई निद्रै लाग्‍दैन। दुष्‍टता तिनीहरूको भोजन र उपद्रव तिनीहरूको पिउने पदार्थ हो। धर्मीको चाल प्रभातको प्रथम चमकजस्‍तै हो, त्‍यो मध्‍यदिन नहोउञ्‍जेल झन्‌-झन्‌ चहकिलो हुँदैजान्‍छ। तर दुष्‍टको चालचाहिँ घोर अन्‍धकारजस्‍तो हो, केले आफ्‍नो पतन हुँदैछ सो तिनीहरू जान्‍दैनन्‌।