हितोपदेश 23:1-11

हितोपदेश 23:1-11 सरल नेपाली

ठूला मानिससित भोजमा बस्‍दा तिमी कसको साथमा छौ, त्‍यो याद राख। खानमा लोभी छौ भने होशियारसित खाओ। तिनले दिएको मीठा भोजनको लोभ नगर। त्‍यसमा केही छल हुन सक्‍छ। धनी बन्‍नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्‍यसो गर्न छोड। एकछिनमा तिम्रो धन जान सक्‍छ, चिल उडेझैँ त्‍यसको पखेटा लाग्‍न सक्‍छ। कन्‍जुस मानिसकहाँ भोज खान नजाओ, त्‍यसले दिएको मीठो भोजनको लोभ नगर। त्‍यसले “खाऊ, अझ लेऊ त,” भन्‍छ तर त्‍यो भनेको मात्र हो, त्‍यसको अर्थ त अर्कै हुन्‍छ। त्‍यसको जस्‍तो सोच छ, त्‍यस्‍तै त्‍यो कन्‍जुस हुन्‍छ। तिमीले खाएको बान्‍ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ। मूर्खलाई बुद्धिका कुरा नभन, त्‍यसले त्‍यसको कदर गर्न सक्‍दैन। पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच। परमप्रभु तिनीहरूका शक्तिशाली रक्षक हुनुहुन्‍छ र उहाँले तिम्रो विरुद्ध तिनीहरूको मुद्दामा बहस गर्नुहुनेछ।

हितोपदेश 23 पढ्नुहोस्