बुद्धिमती स्त्रीले आफ्नो घर बनाउँछे तर निबुर्द्धि स्त्रीले त्यसलाई आफ्नै हातले भत्काउँछे। इमानदार मानिसले परमप्रभुको भय मान्दछ, बेइमानीले उहाँको तिरस्कार गर्दछ। मूर्खले घमण्डी भई ज्यादा बोल्दछ तर बुद्धिमान् मानिसको वचनले तिनीहरूको रक्षा गर्छ। खेत-बारी जोत्नलाई गोरुहरू नभए भकारी खाली रहन्छ। तर हलो जोत्ने गोरुहरू भए त्यहाँ पूरा अन्न हुन्छ। साँचो साक्षीले छल गर्दैन तर झूटा साक्षीले झूटा कुराहरू फैलाउँछ। अहङ्कारी कहिल्यै बुद्धिमान् बन्न सक्दैन तर समझदार मानिसले चाँडै सिक्छ। मूर्खबाट टाढा बस्, त्यसले केही कुराको ज्ञान दिन सक्दैन। चतुर मानिस कसरी बुद्धिमान् हुन्छ? किनभने उसले आफ्नो कर्तव्य जान्दछ। मूर्ख कसरी बुद्धु हुन्छ? किनभने त्यसले जान्दछ भनी विचार मात्र गर्छ। मूर्खहरूले आफूले पाप गरेको वास्ता राख्दैनन् तर असल मानिसहरूले क्षमा पाउने चाहना गर्छन्। तिमी हाँस्दा एक्लै हाँस्छौ, तिमी रुँदा पनि एक्लै रुन्छौ। कसैले तिम्रो हाँसो र आँसुमा साथ दिँदैन। दुष्टको घर भत्केर जान्छ तर धर्मीको घर खडै रहन्छ। जुन बाटो ठीक छ भनी तिमी सोच्दछौ, त्यसले तिमीलाई मृत्युमा पुर्याउला।
हितोपदेश 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 14:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू