र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ। मचाहिँ ख्रीष्टलाई जान्न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्युसम्मै उहाँजस्तै हुन चाहन्छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्ट येशूले मलाई अघि नै आफ्नो पारिसक्नुभएको छ। दाजुभाइहरू, यो पाइसकेको छु जस्तो त मलाई लाग्दैन तर एउटा कामचाहिँ गर्छु, त्योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्वर्गको इनाम जित्ने विचारले निशानातिर दगुर्दै छु। परमेश्वरले यसको लागि ख्रीष्ट येशूद्वारा अनन्तको जीवनमा मलाई बोलाउनुभएको हो। हामी आत्मामा पूरा बढेकाहरू जतिले यस्तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्लै विचार छ भने परमेश्वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ।
फिलिप्पी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 3:9-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू