फिलिप्पी 3:9-15

फिलिप्पी 3:9-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

र सम्‍पूर्ण रूपले म उहाँमा भएको पाइन सकूँ। व्‍यवस्‍थामाथि आधारित भएको मेरो आफ्‍नै धार्मिकता होइन, तर मेरो धार्मिकता यही हो, जो ख्रीष्‍टमाथि निर्भर हुन्‍छ, जुनचाहिँ विश्‍वासद्वारा परमेश्‍वरबाट आउने धार्मिकता हो। म उहाँलाई र उहाँको पुनरुत्‍थानको शक्ति जान्‍न सकूँ, र उहाँको मृत्‍युमा उहाँजस्‍तै भई उहाँका दुःख-भोगमा सहभागी हुन सकूँ। सम्‍भव भए मरेकाहरूबाट म पुनरुत्‍थान प्राप्‍त गर्न सकूँ। मैले यी सबै अघिबाटै प्राप्‍त गरिसकेको छु, अथवा म अघिबाटै सिद्ध भइसकेको छु भनेर त होइन, तर ती कुराहरूलाई पक्रनको निम्‍ति म अघि बढ़िरहेको छु जुन कुराको निम्‍ति ख्रीष्‍टले मलाई पक्रनुभयो! भाइ हो, मैले यी सब पक्रिसकेको छु भनी म ठान्‍दिनँ, तर म एउटा काम गर्दछु, कि पछाडिका कुराहरू बिर्सेर र अगाडिका कुराहरूतिर जोड़सँग लम्‍कँदै ख्रीष्‍ट येशूमा परमेश्‍वरको स्‍वर्गीय बोलावटमा पाइने पुरस्‍कारको निम्‍ति निशानातिर म जोड़सँग अगि बढ्‌दछु। हामी परिपक्‍व हुनेहरूचाहिँ सबै यस्‍तै मनका होऔं, र तिमीहरू कुनै कुरामा अरू विचारका छौ भने परमेश्‍वरले तिमीहरूलाई त्‍यो पनि प्रकट गरिदिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:9-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ। म ख्रीष्‍टलाई र उहाँको पुनरुत्थानको शक्तिलाई जान्‍न चाहन्छु—उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु; अनि जसरी भए तापनि मरेकाहरूबाट पुनर्जीवित हुन चाहन्छु। मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ; तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु। दाजुभाइ-दिदीबहिनीहरू हो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूतिर अगि बढ्ने प्रयत्न गर्दैछु; म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अगि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ। यसकारण हामी सबै जति जना परिपक्व छौँ, यस्तै कुराहरूको विचार गरौँ; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:9-15 पवित्र बाइबल (NERV)

अनि यसले मलाई ख्रीष्ट अप्नाउन दियो। ख्रीष्टमा म धार्मिक छु, तर यो उपयुक्त नियम पछ्याएकोले होइन। यो परमेश्वरमा विश्वासको माध्यमद्वारा आउँछ। परमेश्वरले मलाई धार्मिक बनाउनु ख्रीष्टमा मेरो विश्वासलाई प्रयोग गर्नुभयो म ख्रीष्टलाई मात्र र जेले उहाँलाई मृत्युबाट बौरायो त्यो शक्तिलाई जान्न चाहन्छु। म ख्रीष्टको कष्टको सहभागी बन्न चाहन्छु र उहाँको मृत्युमा उहाँ जस्तै हुन चाहन्छु। अनि ममा आशा छ म पनि मृत्युबाट बौरी उठ्नेछु। परमेश्वरले मलाई चाहे जस्तै म भइसकेको छु भन्ने मेरो भनाई होइन। म त्यस लक्ष्यमा पुग्न सकेको छैन। तर त्यहाँ पुग्नु र लक्ष्य हासिल गर्न म निरन्तर चेष्टा चलाई रहेकोछु। ख्रीष्टले पनि त्यही चहानु हुन्छ र मलाई उहाँको आफ्नु बनाउनु भयो। दाज्यू-भाइ, दिदी-बहिनीहरू म जान्दछु, म अझै त्यस लक्ष्यमा पुगेको छैन। तर एउटा कुरा जुन म सधैँ गर्छु, त्यो होः म बितेको कुरा भुलिदिन्छु अनि आफ्नो अघिल्तिरकै लक्ष्यमा पुग्न म सक्दो कोशिश गर्छु। लक्ष्यमा पुग्ने र पुरस्कार पाउने कोशिश म गरिनैरहन्छु। त्यो पुरस्कार मेरो निम्ति पक्का गरिएकोछ किनकि परमेश्वरले मलाई ख्रीष्टद्वारा जीवनमाथि बोलाइएको छु। हामी जो आत्मिक पाको भएका छौं सबैले यस प्रकारले नै सोच्नु पर्छ। अनि यदि केही विषयमा तिम्रो विचारसित नमिल्ने कति यस्तो भिन्दै प्रकारले सोच्छ भने परमेश्वरले उसलाई स्पष्ट पारिदिनु हुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्

फिलिप्पी 3:9-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

र उहाँमा नै लीन हुन चाहन्‍छु। व्यवस्था मानेर परमेश्‍वरको अघि ठीक ठहरिने मेरो आफ्‍नै धार्मिकता छैन। तर अब त परमेश्‍वरले नै मलाई ख्रीष्‍टमा विश्‍वास गरेकोले ठीक ठहराउनुहुन्‍छ। यो धार्मिकता विश्‍वासमा अडेको छ। मचाहिँ ख्रीष्‍टलाई जान्‍न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्‍युसम्‍मै उहाँजस्‍तै हुन चाहन्‍छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ। मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्‍दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्‍ट येशूले मलाई अघि नै आफ्‍नो पारिसक्‍नुभएको छ। दाजुभाइहरू, यो पाइसकेको छु जस्‍तो त मलाई लाग्‍दैन तर एउटा कामचाहिँ गर्छु, त्‍योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्‍वर्गको इनाम जित्‍ने विचारले निशानातिर दगुर्दै छु। परमेश्‍वरले यसको लागि ख्रीष्‍ट येशूद्वारा अनन्‍तको जीवनमा मलाई बोलाउनुभएको हो। हामी आत्‍मामा पूरा बढेकाहरू जतिले यस्‍तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्‍लै विचार छ भने परमेश्‍वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ।

शेयर गर्नुहोस्
फिलिप्पी 3 पढ्नुहोस्