मैले सबै थोक पाएँ अनि म सिद्ध भएको छु, म भन्दिनँ। मैले यस इनाम पाउन बल गरिरहेको छु, जसको लागि ख्रीष्ट येशूले मलाई अघि नै आफ्नो पारिसक्नुभएको छ। दाजुभाइहरू, यो पाइसकेको छु जस्तो त मलाई लाग्दैन तर एउटा कामचाहिँ गर्छु, त्योचाहिँ पछाडिका कुराहरूलाई बिर्सेर अगाडि भएको कुरा पाउन म कोसिस गर्छु। यसकारण स्वर्गको इनाम जित्ने विचारले निशानातिर दगुर्दै छु। परमेश्वरले यसको लागि ख्रीष्ट येशूद्वारा अनन्तको जीवनमा मलाई बोलाउनुभएको हो। हामी आत्मामा पूरा बढेकाहरू जतिले यस्तै विचार गर्नुपर्छ। कसैकसैमा बेग्लै विचार छ भने परमेश्वरले नै तिमीहरूलाई बुझाउनुहुनेछ। जे भए पनि हामी यहाँसम्म जसरी आइपुग्यौं र त्यसरी नै अगाडि पनि बढ्दै जाऔं। ए मेरा दाजुभाइहरू, तिमीहरूले पनि मैले जस्तै गर। हामी तिमीहरूका लागि राम्रो नमुना भएका छौं। यसैले यही नमुनाअनुसार चल्नेहरूलाई नै तिमीहरूले पछ्याओ। मैले तिमीहरूलाई धेरै चोटि भनिसकेको छु, अहिले पनि ठूलो दु:खसाथ भन्दछु, धेरै मानिसहरू ख्रीष्टको क्रूसको शत्रु नै भएर हिंड्दछन्। तिनीहरूको अन्त पनि नरकमै हुनेछ किनभने पेट नै तिनीहरूको देवता हो। लाज मान्नुपर्ने कुराहरूमा नै तिनीहरू झन् घमण्ड गर्दछन्। तिनीहरूको मन पनि यिनै संसारका कुराहरूमा मात्र लाग्दछ। हामीहरू त स्वर्गका नागरिकहरू हौं। मुक्ति दिने हाम्रा प्रभु येशू ख्रीष्ट स्वर्गबाट आउनुहुन्छ भनेर हामीले बाटो हेरिरहेका छौं। उहाँले सबै चीजहरू आफ्नै अधीनमा पारिसक्नुहुन्छ। उहाँको यही शक्तिले नै हाम्रो यस कमजोर मर्ने शरीरलाई उहाँको जस्तै नमर्ने र चम्किलो शरीर बनाउनुहुनेछ।
फिलिप्पी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 3:12-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू