आखिरमा दाजुभाइहरू, प्रभुको आनन्द तिमीहरूमा रहोस्। मैले नै लेखिसकेको कुरा घरीघरी दोहोर्याएर लेख्न झिँजो मान्दिनँ, यसले तिमीहरूलाई राम्रै गर्छ। कुकुरले जस्तै झगडा गर्नेहरू, खराब काम गर्नेहरू र शरीरमा खतना लाउनेहरूबाट जोगिएर बस। साँचो खतना लाउने त हामीहरू पो हौं किनभने हामी त परमेश्वरलाई पवित्र आत्माले पुज्छौं अनि ख्रीष्ट येशूमा हामी घमण्ड गर्छौं। हामी कुनै बाहिरी रीतिथितिमा भरोसा राख्तैनौं। बाहिरी कुरामा भरोसा राख्ने भए म सबैभन्दा बढी भरोसा राख्न सक्नेथिएँ किनभने मलाई त जन्मेको आठ दिनमा नै खतना लगाइदिएको थियो। जन्मले नै भन्ने हो भने म बेन्यामीन कुलको इस्राएली हुँ। म झर्रा हिब्रू हुँ। व्यवस्था मान्नेहरूमा म फरिसी थिएँ। जोशिलो भएर मैले ख्रीष्टका मण्डलीको खेदो गरें। व्यवस्था मानेर परमेश्वरको अघि ठीक हुनेभए म ठीक थिएँ। तर त्यस बेला मैले आफ्नो निम्ति लाभदायक सम्झेका सबै कुरा अब ख्रीष्टको निम्ति त व्यर्थै ठान्छु। यति मात्र होइन, येशू ख्रीष्ट मेरा प्रभु हुन् भन्ने अति बहुमूल्य ज्ञान पाएर अरू सब कुरा व्यर्थको ठान्छु। उहाँकै निम्ति मैले सबै कुरा त्यागिदिएको छु र उहाँलाई पाऊँ भनेर मैले यी सबै कुरा कसिङ्गर सम्झेको छु र उहाँमा नै लीन हुन चाहन्छु। व्यवस्था मानेर परमेश्वरको अघि ठीक ठहरिने मेरो आफ्नै धार्मिकता छैन। तर अब त परमेश्वरले नै मलाई ख्रीष्टमा विश्वास गरेकोले ठीक ठहराउनुहुन्छ। यो धार्मिकता विश्वासमा अडेको छ। मचाहिँ ख्रीष्टलाई जान्न र उहाँकै बिउँतने शक्तिको अनुभव गर्न उहाँको दु:खको सहभागी हुन र उहाँको मृत्युसम्मै उहाँजस्तै हुन चाहन्छु र हुन सके मरेकोबाट पनि बिउँतन सकूँ।
फिलिप्पी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: फिलिप्पी 3:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू