फिलिप्पी 2:9-18

फिलिप्पी 2:9-18 सरल नेपाली

त्‍यसो हुँदा परमेश्‍वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्‍च नाउँ दिनुभयो। यसरी स्‍वर्ग, पृथ्‍वी र पृथ्‍वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्‍नेछन्। येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्‍छ भनेर सबैले खुल्‍लमखुल्‍ला परमेश्‍वरको सम्‍मान्‌को निम्‍ति घोषणा गर्नेछन्। यसकारण प्‍यारा दाजुभाइहरू हो, म तिमीहरूसँग हुँदा तिमीहरूले सधैँ मेरा कुराहरू मान्‍यौ, अहिले म टाढा हुँदा पनि तिमीहरूले मेरा कुराहरू मान्‍न झन् खाँचो छ। तिमीहरूले डरले काम्‍दै आफूले पाएको मुक्तिलाई व्‍यवहारमा लेओ किनभने परमेश्‍वरले तिमीहरूमा काम सधैँ गरिरहनुभएको छ। उहाँले नै तिमीहरूलाई उहाँको उद्देश्‍य पूरा गर्न मन र सामर्थ दिनुहुन्‍छ। कुनै काम गर्दा झर्को नमानी गर। यसो हुँदा तिमीहरू पापी र खराब मानिसका बीचमा परमेश्‍वरको निष्‍कलङ्क बालकझैँ निर्दोष र शुद्ध हुनेछौ। तिमीहरू ताराले आकाशै उज्‍यालो बनाएझैँ तिनीहरूको माझमा चम्‍कनुपर्छ र तिमीहरूले जीवनको सुसमाचारलाई बलियोसँग पक्रिराख। यस्‍तो गर्‍यौ भने मेरो दौड र परिश्रम त्‍यसै खेर गएनछ भनी ख्रीष्‍ट आउँदा मैले घमण्‍ड गर्ने मौका पाउनेछु। तिमीहरूले चढाएको विश्‍वासको बलिदानमा मेरो पनि रगत बलिदान स्‍वरूप बहे पनि यसमा म खुसी छु र मेरो खुसीयाली मा तिमीहरू पनि सहभागी होओ। त्‍यसै गरी तिमीहरू खुसी होओ र म तिमीहरूको खुसीयाली मा सहभागी बन्‍न सकूँ।

फिलिप्पी 2 पढ्नुहोस्