फिलिप्पी 2:1-3

फिलिप्पी 2:1-3 सरल नेपाली

के ख्रीष्‍टमा भएको तिमीहरूको जीवनले तिमीहरूलाई हौसला दिएको छ? उहाँको प्रेमले तिमीहरूलाई सान्‍त्‍वना दिएको छ? तिमीहरूले पवित्र आत्‍माको संगति गर्छौ? के तिमीहरू एक-अर्कालाई दया र माया गर्छौ? त्‍यसो हो भने मलाई खुसी पार्न तिमीहरू एउटै विचार भएका, एउटै प्रेममा रहेका र एउटै चित्त भएका होओ भनी म तिमीहरूलाई बिन्‍ती गर्छु। आफ्‍नै मात्र भलाइ खोजेर तिमीहरू केही नगर। तिमीहरूले फोस्रो घमण्‍डको निम्‍ति पनि केही नगर। एक-अर्काप्रति नम्र बन र अरूहरू आफूभन्दा राम्रा छन् भनी सम्‍झ।

फिलिप्पी 2 पढ्नुहोस्