नहेम्‍याह 1:8-10

नहेम्‍याह 1:8-10 सरल नेपाली

तपाईंले मोशालाई दिनुभएका आफ्‍ना यी वचन स्‍मरण गर्नुहोस्, ‘तिमी इस्राएलका मानिसहरू अविश्‍वासी भयौ भने म तिमीहरूलाई अरू जातिहरूका बीच छरपस्‍ट पार्नेछु। तर तिमीहरू मतिर फर्की आयौ र मेरा आज्ञापालन गर्‍यौ भने म तिमीहरूलाई मैले छानेको मेरो आराधनास्‍थलमा फर्काई ल्‍याउनेछु। संसारका कुना-कुनासम्‍म तिमीहरू छरिएका छौ भने पनि म तिमीहरूलाई फर्काई ल्‍याउनेछु।’ “हे परमप्रभु! यिनीहरू तपाईंका दास हुन्, तपाईंका आफ्‍ना प्रजा हुन्। तपाईंले आफ्‍नो महान् बल र शक्तिले यिनीहरूको उद्धार गर्नुभएको हो।

नहेम्‍याह 1 पढ्नुहोस्