मर्कूस 9:30-31

मर्कूस 9:30-31 सरल नेपाली

येशू र उहाँका चेलाहरू त्‍यस ठाउँलाई छोडेर गालीलको बाटो भएर जान लागे। उहाँ कहाँ हुनुहुन्‍थ्‍यो, त्‍यो कुरा अरूले थाहा नपाऊन् भन्‍ने येशूको इच्‍छा थियो किनभने उहाँले आफ्‍ना चेलाहरूलाई मात्र सिकाउन चाहनुहुन्‍थ्‍यो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानव पुत्रलाई पक्रेर मानिसहरूकै हातमा सुम्‍पिदिइनेछ। तिनीहरूले उसलाई मार्नेछन्, तर मारिएको तीन दिनपछि ऊ फेरि बिउँतनेछ।”

मर्कूस 9 पढ्नुहोस्