येशू आइतवार बिहानै मरेकाबाट बिउँतनुभएपछि सबैभन्दा पहिले मरियम मग्दलिनीकहाँ देखा पर्नुभयो। तिनै मरियमबाट उहाँले सात वटा भूत निकाल्नुभएको थियो। उनले गएर अघि उहाँलाई पछ्याउने मानिसहरूलाई यो कुरा सुनाइन्। तिनीहरू विलाप गरेर रोइरहेका थिए। अनि उनले येशू बिउँतनुभएको र आफैंले देखेको कुरा तिनीहरूलाई भनिन्। तर तिनीहरूले उनको कुरा पत्याएनन्। त्यसपछि गाउँतिर जान लागेका दुई जना चेलाहरूकहाँ येशू बेग्लै किसिमसँग देखा पर्नुभयो। तिनीहरूले पनि आएर यो कुरा अरू चेलाहरूलाई सुनाए। फेरि पनि चेलाहरूले तिनीहरूले भनेका कुरा पत्याएनन्। त्यसपछि एघारै जना चेलाहरू खान लागिरहेका बेलामा येशू तिनीहरूका बीचमा देखा पर्नुभयो। आ-आफ्ना मन कठोर पारेर उहाँलाई मरेकाबाट बिउँतेपछि देख्नेहरूका कुरा विश्वासै नगरेकोले उहाँले तिनीहरूलाई हप्काउनुभयो। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, “सारा संसारमा गएर सबै मानिसहरूलाई सुसमाचार सुनाओ! विश्वास गरेर बप्तिस्मा लिनेहरूले उद्धार पाउनेछन्। तर विश्वास नगर्नेहरूचाहिँ परमेश्वरको सामुन्ने दोषी ठहरिनेछन्। अनि विश्वास गर्नेहरूसँग यस्ता चिन्हहरू पाइनेछन्– उनीहरूले मेरो नाउँमा भूतहरू निकाल्नेछन् र नौला-नौला किसिमका भाषाहरूमा बोल्नेछन्। उनीहरूले सर्प समाते पनि, विष पिए पनि उनीहरूलाई कुनै हानि हुनेछैन अनि बिरामीहरूमाथि हात राख्दा तिनीहरू निको हुनेछन्।” चेलाहरूसँग यसरी कुरा गर्नुभएपछि प्रभु येशू स्वर्गमा उचालिनुभयो र उहाँ परमेश्वरको दाहिनेपट्टि बस्नुभयो। त्यसपछि चेलाहरूले चारैतिर गएर उहाँको प्रचार गरे। प्रभुले उनीहरूसँग भएर काम गर्नुभयो र उनीहरूले प्रचार गरेका कुरालाई अचम्मका कामहरूद्वारा सत्य ठहराइदिनुभयो।
मर्कूस 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 16:9-20
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
8 दिनहरू
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू