परमेश्वरका पुत्र येशू ख्रीष्टबारे सुसमाचार यसरी सुरु हुन्छ। यशैया अगमवक्ताको पुस्तकमा लेखिएअनुसार– “हेर, तिम्रो बाटो तयार पार्नलाई मेरो दूत म तिम्रो अघि पठाउँछु।” सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोरले यसो भन्दै छन्, “प्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिंड्नुहुने गोरेटाहरू सोझ्याओ!” यूहन्ना मानिसहरूलाई बप्तिस्मा दिंदै उजाड-स्थानमा देखा परे। उनले मानिसहरूलाई यसरी प्रचार गरे, “तिमीहरू पश्चाताप गरेर पाप छोड र बप्तिस्मा लेओ र परमेश्वरले तिमीहरूका पाप क्षमा गर्नुहुनेछ।” यहूदियाको इलाका र यरूशलेम सहरका सबै मानिसहरू यूहन्नाकहाँ आए। पाप मानिलिने जतिलाई यूहन्नाले यर्दन नदीमा बप्तिस्मा दिए। यूहन्नाले ऊँटका रौंको लुगा लगाउँथे र कम्मरमा छालाको पेटी बाँध्थे अनि सलह र बन-मह खान्थे। उनले मानिसहरूलाई यसो भन्थे, “मपछि एक जना आउँदै हुनुहुन्छ, उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ। म त निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाउने लायकको पनि छैनँ। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले त तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।” यूहन्नाले यसरी प्रचार गरिरहेको समयमा येशू गालीलको नासरत सहरबाट आउनुभयो अनि उहाँले पनि यूहन्नाको हातबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट बाहिर निस्कनेबित्तिकै येशूले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यसो भनेको सुनियो, “तिमी मेरो प्यारो पुत्र हौ, तिमीसँग म धेरै खुसी छु।” त्यसपछि तुरुन्तै परमेश्वरको आत्माले येशूलाई उजाड-स्थानमा लैजानुभयो। त्यहाँ शैतानले उहाँलाई चालीस दिनसम्म पापमा फसाउन जाँच गर्यो। त्यहाँ जङ्गली जनावरहरू पनि थिए अनि स्वर्गदूतहरूले आएर उहाँको सेवा गरे। यूहन्ना थुनामा परेपछि येशूले गालीलमा गएर परमेश्वरको सुसमाचार सुनाउन लाग्नुभयो। उहाँले भन्नुभयो, “अब समय पूरा भएको छ, परमेश्वरको राज्य आइसक्न लागेको छ। अब पश्चाताप गरेर पाप छोड र सुसमाचारमा विश्वास गर।”
मर्कूस 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 1:1-15
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू