मत्ती 6:7-13
मत्ती 6:7-13 सरल नेपाली
“परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्। तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्य आओस्, तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्। दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्टबाट जोगाउनुहोस्। [किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]
![मत्ती 6:7-13 - “परमेश्वरलाई नचिन्ने अन्यजातिहरूले गरेजस्तो नचाहिँदोसँग बरबराएर प्रार्थना नगर। तिनीहरू त लामो-लामो प्रार्थना गरेदेखि पो उत्तर पाइन्छ भन्ने विचार गर्छन्। तर तिमीहरूचाहिँ तिनीहरूजस्ता नहोओ किनभने माग्नुभन्दा पहिले नै तिमीहरूलाई के कुराको खाँचो परेको छ भन्ने कुरा स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताले जान्नुहुन्छ। तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर–
“हे स्वर्गमा हुनुहुने हाम्रा परमेश्वर पिता,
तपाईंको नाउँ पवित्र गरियोस्।
तपाईंको राज्य आओस्,
तपाईंको इच्छा स्वर्गमा पूरा भएजस्तै यस पृथ्वीमा पनि पूरा होस्।
दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्,
हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्,
जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं।
हामीलाई ठूलो जाँचमा नपार्नुहोस्।
तर हामीलाई दुष्टबाट जोगाउनुहोस्।
[किनभने राज्य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F320x320%2Fhttps%3A%2F%2Fs3.amazonaws.com%2Fstatic-youversionapi-com%2Fimages%2Fbase%2F78286%2F1280x1280.jpg&w=640&q=75)




