मत्ती 6:22-25

मत्ती 6:22-25 सरल नेपाली

“शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्‍यालो हुन्‍छ। तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्‍यारो हुन्‍छ। त्‍यसरी नै तिम्रो हृदयमा भएको उज्‍यालोचाहिँ अँध्‍यारो भयो भने त्‍यो झन् कति बढी अँध्‍यारो होला! “कसैले पनि दुई मालिकको सेवा गर्न सक्‍दैन। नत्रता उसले एउटालाई हेला र अर्कोलाई चाहिँ माया गर्नेछ कि त एउटाले भनेको मान्‍छ र अर्कोको वास्‍तै गर्दैन। त्‍यसै गरी तिमीहरूले पनि परमेश्‍वर र धन दुवैको सेवा गर्न सक्‍दैनौ। “त्‍यसैकारण म तिमीहरूलाई भन्‍छु, जीविका चलाउन चाहिने खाने-पिउने, लाउने कुराको बारेमा चिन्‍ता नगर। के खाने कुराभन्दा जीवन ठूलो र लाउने कुराभन्दा शरीर ठूलो होइन र?

मत्ती 6 पढ्नुहोस्