मत्ती 27:50-56

मत्ती 27:50-56 सरल नेपाली

तर त्‍यति नै बेला येशूले फेरि एकपल्‍ट ठूलो सोरले कराएर आफ्‍नो प्राण त्‍याग्‍नुभयो। तब हेर, त्‍यही समयमा मन्‍दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्‍मै दुई भाग भएर च्‍यातियो। भूइँचालो गयो, पहराहरू फुटे, चिहानहरू उघ्रिए र मरिसकेका परमेश्‍वरका धेरै जनहरू बिउँते। येशू मरेकोबाट बिउँतनुभएपछि तिनीहरू आ-आफ्‍ना चिहानबाट निस्‍केर पवित्र सहरमा पसे र धेरै मानिसहरूकहाँ देखा परे। भूइँचालो गएको र त्‍यहाँ भएका सबै थोक देखेर येशूलाई कुरेर बसेका सिपाहीहरू र तिनीहरूका कप्‍तान ज्‍यादै डराए। अनि तिनीहरूले भने, “साँच्‍चै यिनी त परमेश्‍वरकै पुत्र रहेछन्।” धेरै जना स्‍वास्‍नी मानिसहरू पनि टाढैबाट उभिएर हेरिरहेका थिए। तिनीहरूले येशूलाई गालीलदेखि पछ्याउँदै र सहायता गर्दै आएका थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, याकूब र योसेफकी आमा मरियम अनि जब्‍दियाका दुई छोराकी आमा थिए।

मत्ती 27 पढ्नुहोस्