मत्ती 25:21-23

मत्ती 25:21-23 सरल नेपाली

मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी थोरै कुरामा पनि भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी आएर मसँग रमाऊ।’ त्‍यसपछि दुई वटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्‍का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्‍याएको छु।’ मालिकले भने, ‘स्‍याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्‍मा दिन्‍छु। तिमी पनि आएर मसँगै रमाऊ।’

मत्ती 25 पढ्नुहोस्