केही फरिसी र सदुकीहरू मिलेर येशूलाई कुरामा फसाउन उहाँकहाँ आए र भने, “यदि तपाईं परमेश्वरको तर्फबाट नै आउनुभएको हो भने स्वर्गबाट आएको एउटा चिन्ह देखाउनुहोस्।” तर येशूले जवाफ दिनुभयो, “घाम डुब्न लाग्दा तिमीहरू आकाशतिर हेरेर ‘आकाश रातो भयो, अब त भोलि राम्रो दिन हुन्छ’ भनी भन्छौ। फेरि बिहानै आकाश रातो र अँध्यारो हुँदा ‘आज त पानीपर्नेछ’ भन्छौ। यसरी आकाशलाई हेरेर मौसम कस्तो हुनेछ, त्यो त बुझ्न सक्छौ, तर यस समयमा हुन आउने घटनाको लक्षणचाहिँ तिमीहरू बुझ्दैनौ। हिजो-आजका यी मानिसहरू कति दुष्ट र व्यभिचारी छन्। यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर यिनीहरूले योनाको चिन्हबाहेक अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्।” त्यसपछि येशू तिनीहरूलाई छोडेर त्यहाँबाट जानुभयो।
मत्ती 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 16:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू