मत्ती 16:1-4
मत्ती 16:1-4 NNRV
फरिसीहरू र सदुकीहरू आए, र उहाँलाई जाँच गर्न स्वर्गबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राखे। तर उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “साँझ परेपछि तिमीहरू भन्छौ, ‘भोलि दिन राम्रो हुने रहेछ, किनकि आकाश रातो छ।’ बिहानचाहिँ भन्छौ, ‘आकाश रातो र बादलले ढाकेको छ, आज आँधी आउने रहेछ।’ तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुन्छ छुट्ट्याउन जान्दछौ, तर समयका चिन्हको अर्थ खोल्न सक्दैनौ। दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो।

