सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मेरो बाटो तयार पार्न म आउनुअघि म आफ्नो दूत पठाउनेछु। तब तिमीहरूले खोजेका प्रभु अचानक आफ्नो मन्दिरमा आउनेछन्। तिमीहरूले पर्खेका दूत आउनेछन् र मेरो करार घोषणा गर्नेछन्।” तर उहाँ आउनुभएको दिनमा को टिक्न सक्ला? उहाँ देखा पर्नुहुँदा को बाँच्न सक्ला? उहाँ कडा साबुन वा सुन खार्ने आगोजस्तो हुनुहुन्छ। चाँदी खारेर शुद्ध बनाउने मानिसझैँ उहाँ न्याय गर्न आउनुहुनेछ। सुन र चाँदी खारेझैँ परमप्रभुको दूतले लेवी कुललाई खार्नेछन् र तिनीहरूले परमप्रभुकहाँ उचित भेटीहरू चढाउनेछन्। तब यहूदा र यरूशलेमका मानिसहरूले परमप्रभुलाई चढाएका भेटीहरू बितेका दिनहरूमा झैँ उहाँको निम्ति मनपर्दा हुनेछन्। सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म न्याय गर्न तिमीहरूकहाँ आउनेछु र आउनासाथ म मन्त्रतन्त्र गर्नेहरू, व्यभिचारीहरू, झूटा साक्षी दिनेहरू, काम गर्नेहरूको ज्याला ठगी खानेहरू, विधवाहरू, टुहुरा-टुहुरीहरू र विदेशीहरूलाई अत्याचार गर्नेहरू, अँ, मेरो आदर नगर्नेहरू सबै जनाका विरुद्धमा साक्षी दिनेछु। “म परमप्रभु हुँ र सधैँ एकनास छु। यसैले तिमी याकूबका सन्तानहरू सर्वनाश भएका छैनौ। अघिका तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू मेरा व्यवस्थाबाट तर्की गएका छौ र ती मानेका छैनौ। तिमीहरू मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु। तर तिमीहरू ‘हामीले तपाईंकहाँ फर्कन के गर्नुपर्छ?’ भनी सोध्छौ।
मलाकी 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मलाकी 3:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू