लूका 7:17-23

लूका 7:17-23 सरल नेपाली

येशूले त्‍यस केटोलाई बचाउनुभएको खबर यहूदियाभरि र त्‍यसका वरिपरिका सबै क्षेत्रहरूमा फैलियो। यूहन्‍नाका चेलाहरूले पनि येशूले गर्नुभएका यी सबै कुरा आफ्‍ना गुरुलाई सुनाए अनि यूहन्‍नाले आफ्‍ना दुई चेलाहरूलाई बोलाएर प्रभु येशूकहाँ यसो भनी सोध्‍न पठाए, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” अनि तिनीहरूले येशूकहाँ आएर सोधे, “हामीले आशा गरेको मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्‍छ कि हामी अरू कसैको बाटो हेरौं? यो कुरा बप्‍तिस्‍मा दिने यूहन्‍नाले हामीलाई सोध्‍न पठाएका हुन्।” त्‍यति नै बेला येशूले धेरै मानिसहरूलाई रोग र भूतबाट निको पार्दै हुनुहुन्‍थ्‍यो र धेरै अन्‍धाहरू पनि देख्‍ने भए। येशूले यूहन्‍नाका चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरूले जे-जे देखेका छौ र सुनेका छौ, गएर त्‍यही कुरा नै यूहन्‍नालाई भनिदेओ– अन्‍धाहरूले देख्‍दै छन्, लङ्गडाहरू हिँड्‍न सक्‍छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिराहरूले सुन्‍दै छन्, मरेकाहरू बिउँतन्‍छन् र दु:खी-गरीबहरूले परमेश्‍वरको सुसमाचार सुन्‍न पाउँदै छन्। मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्‍चै धन्‍य हो!”

लूका 7 पढ्नुहोस्