लूका 12:17-22

लूका 12:17-22 सरल नेपाली

तिनले मनमनै विचार गरे, ‘यी सबै अन्‍न कहाँ राख्‍ने होला? ठाउँ नै छैन। के गरूँ? अब म यसो गर्छु, ससाना भण्‍डार र भकारीहरू भत्‍काएर ठूला-ठूला बनाउँछु र त्‍यहीँ नै सबै अन्‍न र चीजबीज राख्‍छु। त्‍यसपछि म आफैंलाई भन्‍नेछु, तँ कति भाग्‍यमानी छस्! तँसँग वषौं-वर्षसम्‍म पुग्‍ने सम्‍पत्ति छ, सुखसँग खा, पी र मोज-मज्‍जा गर्‌’। तर परमेश्‍वरले त्‍यसलाई भन्‍नुभयो, ‘ए मूर्ख, आजै राती तेरो प्राण जानेछ र तैँले साँचेर राखेको धन-सम्‍पत्ति कसले खाला’?” अनि येशूले यो दृष्‍टान्‍त टुङ्ग्‍याउँदै भन्‍नुभयो, “आफ्‍नो लागि धन थुपारेर राख्‍ने मानिसको गति यस्‍तै हुन्‍छ। परमेश्‍वरले यस्‍ताहरूलाई धनी सम्‍झनुहुन्‍न।” त्‍यसपछि येशूले चेलाहरूलाई भन्‍नुभयो, “यसैकारण जिउनको लागि चाहिने खाने, लाउने कुराको बारेमा चिन्‍ता नगर।

लूका 12 पढ्नुहोस्