तर इस्राएलका मानिसहरूले भने, “किन हामीले तिमीहरूसित सन्धि-पत्र गर्नू? हुन सक्छ, तिमीहरू नजिकै कहीँ बास गर्दछौ।” तिनीहरूले यहोशूलाई भने, “हामी तपाईंहरूको सेवा गर्न हाजिर छौं।” यहोशूले प्रश्न गरे, “तिमीहरू को हौ? कहाँबाट आएका हौ?” तब तिनीहरूले तिनलाई भने, “हजुर, हामी धेरै टाढा देशबाट आएका हौं किनभने हामीले तपाईंहरूका परमप्रभु परमेश्वरको बारेमा सुनेका छौं। उहाँले मिश्रमा गरेका सबै कुरा अनि यर्दनका पूर्वपट्टि दुई जना एमोरी राजाहरू, हेश्बोनका राजा सीहोन र अस्तारोतमा बास गर्ने बाशानका राजा ओगसित के-के गरेका थिए, ती सबै हामीले सुनेका छौं। हाम्रा अगुवाहरू र हाम्रा सारा देशबासीले हामीलाई केही भोजन यात्राको लागि तयार गरेर, यहाँ आई तपाईंहरूसित भेट गर्न पठाएका हुन्। तपाईंहरूका सेवा गर्न र हामीसित एउटा सन्धि-पत्र गर्न तपाईंहरूसँग बिन्ती गर्न पठाएका छन्।
यहोशू 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:7-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू