यहोशू 8:9-17

यहोशू 8:9-17 सरल नेपाली

यसरी यहोशूले तिनीहरूलाई पठाए र तिनीहरू आफू लुक्‍ने ठाउँमा गई पर्खिबसे। त्‍यो ठाउँ ऐको पश्‍चिमपट्टि ऐ र बेथेल सहरका बीचमा पर्थ्‍यो। यहोशूले त्‍यो रात छाउनीमा नै बिताए। भोलिपल्‍ट बिहानै उठेर यहोशूले सिपाहीहरूलाई भेला गरे। त्‍यसपछि तिनले र इस्राएलका अगुवाहरूले सिपाहीहरूलाई लिई ऐ सहरमा गए। तिनीसँग भएका सिपाहीहरू सहरका मूल-ढोकातिर गए र उत्तरपट्टि छाउनी हाले। तिनीहरू र ऐ सहरका बीचमा बेसी थियो। प्राय: पाँच हजार मानिसहरूलाई लगेर तिनी ऐ र बेथेलका बीचमा सहरको पश्‍चिमपट्टि लुकाएर राखे। लडाइँ गर्न तयार पारी मूल छाउनीका सिपाहीहरूलाई सहरको उत्तरपट्टि राखे अनि बाँकी मानिसहरूलाई पश्‍चिमपट्टि राखे। त्‍यो रात यहोशूले बेसीमा बिताए। ऐका राजाले यहोशूका सेनालाई देख्‍नासाथ तुरुन्‍तै तयारी गरे। तिनी आफ्‍ना सारा सेनासाथ त्‍यो अगाडिको ठाउँमा नै इस्राएलीहरूसित लड्‍न अघि बढे। पछिबाट आफूमाथि आक्रमण हुनेछ भनी उनलाई थाहै भएन। यहोशू र तिनका मानिसहरू भागेको बहाना पारेर उजाड-भूमितिर दगुरेर गए। सहरका सबै पुरुषहरूलाई तिनीहरूको पछि लाग्‍ने आज्ञा भएको थियो। तिनीहरू यहोशूलाई खेद्दै जाँदा सहरदेखि टाढा हुँदैगए। ऐ र बेथेलका हरेक पुरुष इस्राएलीहरूको पछि दगुरे र सहर खुला छोडियो। त्‍यसको रक्षा गर्ने कोही भएन।

यहोशू 8 पढ्नुहोस्