यहोशू 6:8-14

यहोशू 6:8-14 सरल नेपाली

यसकारण यहोशूले आज्ञा गरेअनुसार तुरही फुक्‍ने पूजाहारीहरूका अघिअघि एक दल सैनिक हिंड्यो। तिनको पछि करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू गए र अन्‍तमा फेरि अर्को एक दल सैनिक पछिपछि हिँड्यो। त्‍यस समय तुरही बजिरहेको थियो। तर यहोशूले आफ्‍ना मानिसहरूलाई नकराउनू र मैले नभनेसम्‍म एक वचन पनि नबोल्‍नू भनी आज्ञा गरेका थिए। यसरी उनले त्‍यस दलका मानिसहरूलाई परमप्रभुको करारको सन्‍दुक एकपल्‍ट सहरको फेरो लाएर घुमाउन लाए। त्‍यसपछि तिनीहरू छाउनीमा फर्के र त्‍यहाँ रात काटे। भोलिपल्‍ट यहोशू बिहान सबेरै उठे र अघिल्‍लो दिनजस्‍तै गरेर पूजाहारी र सिपाहीहरूले दोस्रोपल्‍ट सहरको चारैपट्टि फेरो लाए। अघि-अघि जाने सैनिक दल, त्‍यसपछि तुरही फुक्‍ने सात जना पूजाहारीहरू, त्‍यसपछि करारको सन्‍दुक बोक्‍ने पूजाहारीहरू र अन्‍तमा पछि-पछि आउने सैनिक दल गए। त्‍यति बेला तुरही बजिरहेको थियो। दोस्रो दिन पनि तिनीहरूले एकपल्‍ट सहरको फेरो मारे र छाउनीमा फर्की गए। तिनीहरूले छ दिनसम्‍म यसरी नै गरे।

यहोशू 6 पढ्नुहोस्