यहोशू 10:8-10

यहोशू 10:8-10 सरल नेपाली

परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “तिनीहरूसित नडरा मैले तँलाई विजय दिइसकेको छु। तिनीहरूमध्‍ये एक जना पनि तेरा विरुद्धमा उभिन सक्‍नेछैन।” यहोशू र उनका सेना रातभरि हिँडी गिलगालदेखि गिबोनमा पुगे र एमोरीहरूमाथि अचानक आक्रमण गरे। एमोरीहरूलाई इस्राएलको सेनाअघि परमप्रभुको डरले थरहरी पारे। इस्राएलीहरूले तिनीहरूलाई गिबोनमा हराए र बेथ-होरोनको पहाडी बाटोमा ओह्रालो खेदेर लगे अनि दक्षिणमा आजेका र मक्‍केदासम्‍म हमला गरेर खेदे।

यहोशू 10 पढ्नुहोस्