यहोशू 10:6-7

यहोशू 10:6-7 सरल नेपाली

गिबोनका मानिसहरूले गिलगालका छाउनीमा यहोशूकहाँ खबर पठाए, “हजुर, हामीलाई नत्‍याग्‍नुहोला! झट्टै आएर हाम्रो मद्दत गर्नुहोस्! हामीलाई बचाउनुहोस्! पहाडका सबै एमोरी राजाहरूले आफ्‍ना सेनाहरू एकैसाथ भेला भई हामीमाथि हमला गरेका छन्!” यसकारण यहोशू र उनका सारा सेना, सबैभन्दा असल लडाकु दलसमेत गिलगालबाट हिंडे।

यहोशू 10 पढ्नुहोस्