त्यसपछि यहोशू र उनका सेना आफ्ना छाउनी गिलगालमा फर्की गए। ती पाँच एमोरी राजाहरूचाहिँ भागेर मक्केदाका ओडारमा लुके। कसैले तिनीहरूलाई देखे र तिनीहरू लुकेको ठाउँ यहोशूलाई बताइदिए। उनले भने, “ओडारको मुखमा ठूला-ठूला ढुङ्गाहरू पल्टाइदेओ। त्यहाँ केही पहरादार राख। तर तिमीहरू आफैं त्यहाँ नबस। शत्रुको पछि लागिरह र पछिबाट तिनीहरूमाथि आक्रमण गर। तिनीहरूलाई आफ्ना सहरमा पुग्न नदेओ! परमप्रभु तिम्रा परमेश्वरले तिमीहरूलाई तिनीहरूमाथि विजय दिनुभएको छ।” यहोशू र इस्राएलका मानिसहरूले तिनीहरूलाई मारे। तरै पनि कति जना आफ्ना सहरभित्र सुरक्षा पाउन पुगे र मारिएनन्। त्यसपछि यहोशूका सबै मानिसहरू कुशलसाथ मक्केदाको छाउनीमा उनीकहाँ फर्की गए। इस्राएलीहरूका विरुद्धमा त्यस देशका कसैले केही भन्ने आँट गरेन।
यहोशू 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:15-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू