यहोशू 1:1-6

यहोशू 1:1-6 सरल नेपाली

परमप्रभुको सेवक मोशाको मृत्‍यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्‍नुभयो, “मेरो सेवक मोशा मर्‍यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ। मैले मोशालाई भनेझैँ तिमीहरूका पैतालाले कुल्‍चिने पूरा देश मैले तँलाई र मेरा सबै मानिसहरूलाई दिएको छु। तिमीहरूका देशका सिमाना दक्षिणमा भएका मरुभूमिदेखि उत्तरमा लेबनानका पर्वतहरूसम्‍म, पूर्वमा महानदी यूफ्रेटिसदेखि हित्तीहरूका देश लिएर पश्‍चिममा भूमध्‍य सागरसम्‍म पुग्‍नेछ। यहोशू, तेरो जीवनकालमा कसैले पनि तँलाई हराउन सक्‍नेछैन। मोशासित झैँ म तँसित रहनेछु। म सधैँ तँसित रहनेछु, म तँलाई कहिल्‍यै त्‍याग्‍नेछैनँ। भरोसा राख् र साहस गर्‌ किनभने यी मानिसहरूले मैले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गरेको देश अधीन गर्दा तैँले तिनीहरूका अगुवाइ गर्नेछस्।

यहोशू 1 पढ्नुहोस्