यूहन्‍ना 13:1-5

यूहन्‍ना 13:1-5 सरल नेपाली

निस्तार भन्‍ने चाड सुरु हुनै लागेको थियो। आफूले संसार छोडेर पिताकहाँ जाने समय आउनै लागेको छ भन्‍ने कुरा येशूलाई थाहा थियो। उहाँले संसारमा भएका आफ्‍ना चेलाहरूलाई सधैँ प्रेम गर्नुहुन्‍थ्‍यो अनि उहाँले तिनीहरूलाई आखिरी समयसम्‍मै प्रेम गरिरहनुभयो। येशूले आफ्‍ना चेलाहरूसँग बेलुकीको खाना खाँदै हुनुहुन्‍थ्‍यो। त्‍यति बेला शैतानले सिमोनका छोरा यहूदा इस्‍करियोतको हृदयमा येशूलाई पक्राइदिने विचार हालिदिइसकेको थियो। परमेश्‍वरले आफूलाई सबै अधिकार दिनुभएको छ भन्‍ने कुरा येशूलाई थाहा थियो अनि परमेश्‍वरबाटै आएर फेरि परमेश्‍वरकहाँ नै फर्किंदै छु भन्‍ने कुरा पनि उहाँलाई थाहा थियो। त्‍यही सम्‍झेर येशू उठ्‍नुभयो र बाहिरपट्टिको खास्‍टो खोलेर कम्‍मरमा तौलिया बेर्नुभयो। त्‍यसपछि उहाँले भाँडामा पानी हालेर चेलाहरूको खुट्टा धुँदै कम्‍मरमा बेरेको तौलियाले पुछ्न लाग्‍नुभयो।

यूहन्‍ना 13 पढ्नुहोस्