त्यस रात परमप्रभुले गिदोनलाई आज्ञा गर्नुभयो, “उठ् र मिद्यानीहरूको छाउनीमाथि आक्रमण गर्। म तँलाई विजय दिनेछु। तर आक्रमण गर्न डर लाग्छ भने आफ्नो चाकर पूराहसँग तिनीहरूको छाउनीमा जा। तिनीहरूले के भन्दै छन्, तैँले सुन्नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए। बेसीका चारैतिर मिद्यानी, अमालेकी र पूर्वका अरू जातिहरू सलहका बथानसरि बसेका थिए। तिनीहरूका ऊँटहरू समुद्र किनारका बालुवासरि थिए। गिदोन त्यहाँ आइपुग्दा एक जना मानिसले साथीलाई एउटा सपना भन्दैगरेको सुन्यो। उसले भन्दै थियो, “मैले सपनामा देखें कि जौको एउटा रोटी लड्दै आएर हाम्रो पालमा लाग्यो र पाल भत्केर भूइँमा ढल्यो।” साथीचाहिँले भन्यो, “यो त त्यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्दैन। परमेश्वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।” त्यस मानिसको सपना र त्यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्वरलाई दण्डवत् गरे। त्यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!” उनले आफ्ना तीन सय मानिसहरूलाई तीन दलमा बाँडे। हरेक मानिसलाई उनले एउटा तुरही र एउटा भित्रपट्टि राँको बलेको गाग्रो दिए, र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्छु, मलाई हेर्नू र म जसो गर्छु, त्यसै गर्नू। मेरा दल र मैले तुरही फुक्दा तिमीहरूले पनि छाउनीको चारैतिर आफ्ना तुरही फुक्नू र कराएर यसो भन्नू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!”
न्यायकर्ता 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ता 7:9-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू