याकूब 5:14-16

याकूब 5:14-16 सरल नेपाली

कोही बिरामी छ? उसले मण्‍डलीका गुरुहरूलाई बोलाओस् अनि उनीहरूले प्रभुको नाउँमा तेलले अभिषेक गरेर उसको लागि प्रार्थना गर्नेछन्। विश्‍वाससँग गरेको प्रार्थनाले बिरामी निको हुन्‍छ अनि प्रभुले उसलाई बिसेक पार्नुहुन्‍छ। उसले पाप गरेको छ भने क्षमा पाउनेछ। निको हुन आफूले गरेको पाप एक-अर्काको अघि मानिलेओ अनि एक-अर्काको लागि प्रार्थना गर। परमेश्‍वरको अघि ठीक ठहरिएका मानिसले गरेको प्रार्थना शक्तिशाली हुन्‍छ र यसले ठूलो काम गर्न सक्‍छ।

याकूब 5 पढ्नुहोस्