यशैया 43:8-9

यशैया 43:8-9 सरल नेपाली

परमेश्‍वर भन्‍नुहुन्‍छ, “मेरा प्रजालाई अदालतमा हाजिर गर, आँखा छँदाछँदै पनि तिनीहरू अन्‍धा छन्। कान छन् तर पनि तिनीहरू बहिरा छन्! मुद्दामा सबै जातिहरूलाई हाजिर गराओ। तीमध्‍ये कसले भविष्‍यका कुरा बताउन सक्‍छ? वा अहिले के भइरहेको छ, सो अघिबाट बताएको थियो? आफू ठीक छौ भनी प्रमाण दिनलाई र आफ्‍ना शब्‍द सत्‍य छन् भनी साक्षी दिन लाउनलाई तिनीहरूले आ-आफ्‍ना साक्षीहरू ल्‍याऊन्।

यशैया 43 पढ्नुहोस्