हिब्रू 12:1-2

हिब्रू 12:1-2 सरल नेपाली

हाम्रो लागि त हाम्रै वरिपरि साक्षीहरूको भीड छ। त्‍यसकारण हाम्रो बाटोमा आइपर्ने बाधाहरू र हामीलाई अल्‍झाइराख्‍ने पापहरूलाई हामी पन्‍साऔं अनि हाम्रो सामने भएको दौड दृढतासाथ दौडौं। हाम्रो विश्‍वास सुरु गर्ने र पूरा पनि गर्ने येशूलाई हेरिरहौं। क्रूसको दु:खको कारण उहाँ पछि हट्‍नुभएन, तर त्यसको साटो दु:ख भोगेपछि पाइने आनन्‍दको निम्‍ति उहाँले क्रूसको बेइज्‍जती पनि केहीजस्‍तो मान्‍नुभएन। अहिले उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि बस्‍नुभएको छ।

हिब्रू 12 पढ्नुहोस्