हाम्रो लागि त हाम्रै वरिपरि साक्षीहरूको भीड छ। त्यसकारण हाम्रो बाटोमा आइपर्ने बाधाहरू र हामीलाई अल्झाइराख्ने पापहरूलाई हामी पन्साऔं अनि हाम्रो सामने भएको दौड दृढतासाथ दौडौं। हाम्रो विश्वास सुरु गर्ने र पूरा पनि गर्ने येशूलाई हेरिरहौं। क्रूसको दु:खको कारण उहाँ पछि हट्नुभएन, तर त्यसको साटो दु:ख भोगेपछि पाइने आनन्दको निम्ति उहाँले क्रूसको बेइज्जती पनि केहीजस्तो मान्नुभएन। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ। पापी मानिसहरूबाट उहाँले यतिका विरोध कसरी सहनुभयो होला, सो विचार गर र तिमीहरू थाकेर हरेस नखाओ। तिमीहरूले पापको विरोधमा लड्नुपर्दा आफ्नो प्राण गुमाउञ्जेल त लड्नुपरेको छैन। परमेश्वरले छोराहरूलाई झैँ तिमीहरूलाई यसरी अर्ती दिएको तिमीहरूले भुल्यौ, “ए छोरा, प्रभुले तिमीलाई तह लाउन खोज्नुहुँदा ध्यान देऊ अनि उहाँले तिमीलाई हप्काउनुहुँदा हरेस नखाऊ किनभने आफूले प्यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्छ अनि आफ्नै छोरा सम्झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्छ।” बुबाले नै तह लाउन खोजेका हुन् भन्ने सम्झेर तिमीहरू दु:ख सहने गर। परमेश्वरले तिमीहरूलाई आफ्नै छोरा-छोरीलाई झैँ व्यवहार गर्नुहुन्छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ। उहाँले तिमीहरूलाई आफ्ना छोरा-छोरीलाई झैँ तह लाउनुभएको छैन भने तिमीहरू उहाँका छोरा-छोरी होइनौ, अर्काका छोरा-छोरी हौ। हाम्रा बुबाहरूले हामीलाई तह लाए र यसका लागि हामी उहाँहरूलाई आदर गर्छौं। हामीहरूका आत्मिक पिता परमेश्वरको अधीनमा झन् कति धेरै बस्नुपर्छ। हाम्रा बुबाहरूले उनीहरूलाई ठीक लागेअनुसार हामीहरूलाई थोरै समयको लागि तह लाउँछन्, तर परमेश्वर पिताले सधैँभरिका लागि हाम्रो भलाइ होस् अनि उहाँजस्तै पवित्र हुन सकौं भनेर नै हामीलाई तह लाउनुहुन्छ। हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्छ। तर यसले हामी तह लाग्नेहरूलाई परमेश्वरको अघि ठीक राख्दछ र शान्त स्वभावको बनाउँछ। यसकारण गलेका हातहरू उठाऔं। काँपिरहेका गोडाहरू बलिया बनाऔं। सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्कोस्, बरु निको होस्। सबै मानिसहरूसँग मिलेर बस्न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्न सक्नेछैन। होश राख, कसैले पनि परमेश्वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ।
हिब्रू 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 12:1-15
7 Days
In a crowded Christmas season, most of us feel the stress and anxiety of family relationships, financial pressure, hasty decisions, and disappointed expectations. So go ahead. Take a breath. Start this Life.Church Bible Plan and realize the weight we feel may be something God never asked us to carry. How about we let go of the baggage? Let’s travel light.
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू