उत्पत्ति 17:15-17
उत्पत्ति 17:15-17 सरल नेपाली
परमेश्वरले अब्राहामलाई भन्नुभयो, “अबदेखि तैँले तेरी स्वास्नीलाई साराई भनी बोलाउनेछैनस्, अब उसको नाम ‘सारा’ हुनेछ। म उसलाई आशिष् दिनेछु र उसबाट तँलाई एउटा छोरो दिनेछु। म उसलाई आशिष् दिनेछु र ऊ जाति-जातिका आमा हुनेछे र उसबाट जन्मेका सन्तानमा राजाहरू पनि हुनेछन्।” अब्राहामले निहुरेर निधारले भूइँ छोए तर यस्तो विचार गरेर हाँसे, “मानिस सय वर्षको बुढो हुँदा छोरा-छोरीको बुबा बन्न सक्छ र? नब्बे वर्षकी साराले छोरा-छोरी जन्माउन सक्ली र?”

