उत्पत्ति 16:1-4
उत्पत्ति 16:1-4 सरल नेपाली
अब्रामकी स्वास्नी साराईको सन्तान हुन सकेको थिएन। उनकी एउटी हागार नाम गरेकी मिश्री कमारी थिई। उनले अब्रामलाई भनिन्, “परमप्रभुले मलाई छोरा-छोरीहरू दिनुभएन। यो मेरी कमारी केटीसित तपाईं सुत्नुहोस्। सायद त्यसले मेरो निम्ति एउटा सन्तान जन्माउन सक्छे कि?” साराईले भनेका कुरा अब्रामले माने। उनलाई साराईले रखेल बनाउन हागार दिइन्। (यो हुँदा, अब्रामले कनानमा दश वर्ष बास गरिसकेका थिए।) अब्राम हागारसित सुते र त्यो गर्भवती भई। आफू गर्भवती भएको थाहा पाएर हागार घमण्डी भई र साराईलाई हेप्न लागी।

