उत्पत्ति 13:10-12
उत्पत्ति 13:10-12 सरल नेपाली
लोतले चारैपट्टि हेरे र प्रशस्त पानी भएको यर्दनको बेसी सोअरसम्म फैलिएको देखे। त्यहाँ परमप्रभुको बगैँचा वा मिश्रदेशमा झैँ प्रशस्त पानी थियो। (यो परमप्रभुले सदोम र गमोरा नाश पार्नुभन्दा अघिको कुरो हो।) यसरी लोतले सारा यर्दनको बेसी आफ्नो लागि रोजे र पूर्वपट्टि गए। त्यसरी ती दुई छुट्टिए। अब्राम कनान देशमा बसे र लोत बेसीका सहरहरूबीच सदोमका छेउमा बस्न लागे।

