परमप्रभुको हात ममाथि भएको मैले थाहा गरें र उहाँको आत्माले मलाई लगेर कुनै एक बेसीमा पुर्याउनुभयो, जहाँ सबै जमिन हाडै-हाडले भरिएको थियो। उहाँले मलाई बेसीका चारैपट्टि डोर्याउनुभयो। त्यहाँ मैले असाध्यै सुकेका हाडहरूको थुप्रो देखें। उहाँले मलाई भन्नुभयो, “ए मरणशील मानिस, के यी हाडहरू फेरि जीवित हुन सक्लान्?” मैले जवाफ दिएँ, “सार्वभौम परमप्रभु, त्यो त तपाईं मात्र जान्नुहुन्छ!” उहाँले मलाई भन्नुभयो, “यी हाडहरूलाई अगमवाणी बोल्। यी सुखा हाडहरूलाई परमप्रभुको वचन सुन्न भन्। तिनीहरूलाई म सार्वभौम परमप्रभुको यस्तो वचन छ भनी बताइदे– म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। तिमीहरूलाई म नसा र मांस-पेशीले भर्नेछु र बाहिरबाट छालाले ढाक्नेछु। म तिमीहरूमा सास फुकिदिनेछु र तिमीहरूलाई फेरि जीवित बनाउनेछु। तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्नेछौ।” अनि मलाई भनेअनुसार मैले अगमवाणी बोलें। मैले बोलिरहँदा मैले खड्याङ्-खुडुङ् आवाज आएको सुनें र ती हाडहरू आपसमा जोडिन लागे। मैले हेर्दाहेर्दै ती हाडहरूमा नसा र मांस-पेशी भरिए र छालाले ढाकिए। तर अझै ती शरीरहरूमा सास थिएन। परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, बतासलाई अगमवाणी बोल्। बतास चारै दिशाबाट बहेर आओस् र यी मृत शरीरहरूमा सास भरिएर ती जीवित बनून् भन्ने सार्वभौम परमप्रभुको आज्ञा बतासलाई बताइदे।” उहाँले भनेबमोजिम नै मैले अगमवाणी गरें। ती शरीरहरूमा सास पस्यो र तिनीहरू जीवित भई उभिए। अनि तिनीहरू एउटा ठूलो सेनाको दल भए।
इजकिएल 37 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: इजकिएल 37:1-10
7 दिनहरू
एक जातिका रूपमा इस्राएललाई युगौंदेखि घृणा गरिएको छ । इस्राएलको भूमिमा प्रवेश गर्नुभन्दा पहिले नै, राजा बालाले तिनीहरूलाई सराप दिन बालाम अगमवक्तालाई ज्यालामा लिएका थिए । पछि हामानले यहूदीहरूलाई नष्ट गर्न खोज्यो । शताब्दीयौंदेखि यहूदी-विरोधी मतले विभिन्न रूप लिएको छ । दुर्भाग्यवश, यस्तो भावना प्रायः चर्च भित्रबाटै बढेको थियो । इस्राएलप्रतिको यो घृणा कहाँबाट आउँछ ?
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू