प्रस्‍थान 6:5-9

प्रस्‍थान 6:5-9 सरल नेपाली

मैले अब इस्राएलीहरूका दु:ख-विलाप सुनेको छु। मिश्रीहरूले तिनीहरूलाई दास-दासी बनाएका छन् र मैले आफ्‍नो करार सम्‍झेको छु। इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ, म तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूको दासत्‍वदेखि तिमीहरूलाई छुटाउनेछु। मेरो शक्तिशाली हात उचालेर म मिश्रीहरूलाई डरलाग्‍दो दण्‍ड दिनेछु र तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई आफ्‍नो प्रजा बनाउनेछु र तिमीहरूका परमेश्‍वर हुनेछु। मिश्रको दासत्‍वदेखि तिमीहरूलाई छुटकारा दिएको बेलामा म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरू जान्‍नेछौ। जुन देश मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्‍छु भनी प्रतिज्ञा गरेको थिएँ, त्‍यस देशमा तिमीहरूलाई पुर्‍याउनेछु र त्‍यो देश तिमीहरूको अधीनमा दिनेछु। परमप्रभु म नै हुँ।” मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्‍न मानेनन् किनभने कठोर दासत्‍वले तिनीहरूका मन मरिसकेको थियो।

प्रस्‍थान 6 पढ्नुहोस्