प्रस्थान 6:5-9
प्रस्थान 6:5-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसबाहेक मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूका कष्टको सुस्केरा मैले सुनेको छु, र मलाई मेरो करारको सम्झना भएको छ। “यसकारण इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ’। म तिमीहरूलाई मिश्रीहरूका बोझामुनिबाट निकाल्नेछु, र तिनीहरूको दासत्वबाट छुटकारा दिनेछु। आफ्नो हात उठाएर तिनीहरूलाई ठूलो दण्ड दिएर म तिमीहरूको उद्धार गर्नेछु। म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ। अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु जो अब्राहाम, इसहाक र याकूबलाई दिने मैले शपथ खाएर प्रतिज्ञा गरेको थिएँ। म त्यो तिमीहरूको अधिकारमा दिनेछु। म परमप्रभु हुँ।” तब मोशाले इस्राएलीहरूलाई त्यसै भनेर सुनाए, तर कठोर दासत्व र नैराश्यले गर्दा तिनीहरूले मोशाका कुरा सुनेनन्।
प्रस्थान 6:5-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसबाहेक मैले इजिप्टियनहरूले दास बनाइराखेका इस्राएलीहरूका सुस्केरा सुनेको छु, र मैले आफ्नो करार सम्झेको छु। “यसकारण इस्राएलीहरूलाई भन्: ‘म नै याहवेह हुँ, र म तिमीहरूलाई इजिप्टियनहरूका बोझबाट निकालेर ल्याउनेछु। म तिमीहरूलाई तिनीहरूका दासत्वबाट मुक्त गर्नेछु; अनि म तिमीहरूलाई फैलिएको हात र न्यायको पराक्रमी कामले छुटकारा दिनेछु। म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ; अनि म तिमीहरूलाई त्यस देशमा ल्याउनेछु, जुन देश मैले अब्राहाम, इसहाक र याकोबलाई दिनेछु भनी हात उचालेर शपथ खाएको थिएँ; म त्यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु; म नै याहवेह हुँ।’ ” तब मोशाले इस्राएलीहरूलाई यो कुरा बताइदिए; तर तिनीहरूका निराशा र दासत्वको क्रूरताका कारण तिनीहरूले मोशाको कुरा सुनेनन्।
प्रस्थान 6:5-9 पवित्र बाइबल (NERV)
इस्राएलीहरू पीरले कराएको मैले सुनेको छु। म जान्दछु इस्राएलका मानिसहरू मिश्र देशका दास हुन्। अनि म मेरो करार सम्झना गर्छु। यसर्थ ती इस्राएलका मानिसहरूलाई भन, ‘म परमप्रभु हुँ, म तिमीहरूलाई मिश्रीहरूद्वारा जबरजस्ती लगाएको कामबाट मुक्त गर्नेछु। म तिमीहरूलाई दासत्वबाट स्वतन्त्र गर्नेछु। म यसलाई मेरो महा-शक्ति अनि महान न्यायले पूर्ण गर्ने छु। तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ। मैले अब्राहाम, इसहाक, याकूबसित महान प्रतिज्ञा गरेको थिएँ। मैले तिनीहरूलाई एउटा देश दिनेछु भनी वचन दिएको थिए। यसैकारण म तिमीहरूलाई त्यो देशमा लानेछु। म त्यो देश तिमीहरूलाई दिनेछु र त्यो देश तिमीहरूको हुनेछ। म परमप्रभु हुँ।’” यसर्थ मोशाले इस्राएलीका मानिसहरूलाई प्रत्येक कुरा भने तर मानिसहरू यति कठोर परिश्रम गरिरहेका थिए तिनीहरूले मोशाका कुरा धैर्यसित सुनेनन्।
प्रस्थान 6:5-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मैले अब इस्राएलीहरूका दु:ख-विलाप सुनेको छु। मिश्रीहरूले तिनीहरूलाई दास-दासी बनाएका छन् र मैले आफ्नो करार सम्झेको छु। इस्राएलीहरूलाई भन्, ‘म परमप्रभु हुँ, म तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूको दासत्वदेखि तिमीहरूलाई छुटाउनेछु। मेरो शक्तिशाली हात उचालेर म मिश्रीहरूलाई डरलाग्दो दण्ड दिनेछु र तिमीहरूलाई बचाउनेछु। म तिमीहरूलाई आफ्नो प्रजा बनाउनेछु र तिमीहरूका परमेश्वर हुनेछु। मिश्रको दासत्वदेखि तिमीहरूलाई छुटकारा दिएको बेलामा म परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरू जान्नेछौ। जुन देश मैले अब्राहाम, इसहाक र याकूबलाई दिन्छु भनी प्रतिज्ञा गरेको थिएँ, त्यस देशमा तिमीहरूलाई पुर्याउनेछु र त्यो देश तिमीहरूको अधीनमा दिनेछु। परमप्रभु म नै हुँ।” मोशाले इस्राएलीहरूलाई ती कुरा बताए; तर तिनीहरूले सुन्न मानेनन् किनभने कठोर दासत्वले तिनीहरूका मन मरिसकेको थियो।