प्रस्थान 34:1-3
प्रस्थान 34:1-3 सरल नेपाली
परमप्रभुले मोशालाई भन्नुभयो, “पहिलेका जस्ता दुईवटा ढुङ्गाका पाटीहरू काटेर ले अनि म ती पाटीमा त्यही शब्दहरू लेख्नेछु, जुन तैँले फुटाएका पहिला पाटीहरूमा लेखिएका थिए। भोलि बिहान तयार भएर सीनै पहाडको टाकुरामा मलाई भेट गर्न उक्लिआइज। तँसित अरू कोही नआओस्, पहाडको कुनै भागमा कोही मानिस देखा नपरोस् अनि पहाडको फेदमा गाई-गोरु वा भेडाहरू नचरून्।”

